धन्य वचन—भाग 1 परिचय
(English Version: “The Beatitudes – Introduction”)
सम्भवतः येशूले प्रचार गर्नुभएको सबैभन्दा प्रसिद्ध उपदेशलाई “डाँडाको उपदेश” भनिन्छ। यो तीन अध्यायमा समावेश छ [मत्ती 5-7]। मत्ती 5:3-12 मा पाइने त्यस प्रवचनको सुरुको भागमा ख्रीष्टको चेला हुँ भनी दाबी गर्ने हरेकको जीवनमा हुनुपर्ने 8 वटा मनोवृत्तिहरू सूचीबद्ध गरिएको छ, जसलाई धन्य वचन पनि भन्निंछ। हामी यस परिचयात्मक लेखबाट सुरु हुने लेखहरूको श्रृंखलामा 8 मनोवृत्तिहरू मध्ये प्रत्येकको अन्वेषण गर्नेछौं।
मत्ती 5:3-12
3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। 8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। 9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। 10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 11 “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। 12तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।”
सन् 1888 मा फ्रेडरिक नित्शेले “द एन्टी क्राइस्ट” नामक अत्यन्त मसीही विरोधी पुस्तक लेखे। यसमा उनले यस्ता प्रश्नहरू सोध्छन् र जवाफ दिन्छन्:
प्रश्न: “कुनै पनि दुर्गुणभन्दा हानिकारक कुरा के हो?”
उत्तर: “खराब र कमजोर मसीहीधर्मप्रति सक्रिय सहानुभूति।”
नित्सेले असललाई “शक्तिको भावना, शक्तिको इच्छा, मानिसमा शक्तिको भावना बढाउने सबै” भनेर परिभाषित गरे र उनले खराबलाई “कमजोरीबाट निस्कने सबै कुरा” भनेर परिभाषित गरे [डगलस सीन ओडोनेल, वचन प्रचार, मत्ती 5:3-10।]
संसारका मानिसहरू उहाँका शब्दहरूसित सहमत हुनेथिए। स्वभावैले येशूविनाका मानिसहरू सबै किसिमका कमजोरीहरूबाट जोगिन खोज्छन्। यद्यपि, मत्ती 5:3-12 मा येशूका अनुसार यी कमजोरीहरूले उहाँको अनुसरण गर्ने दाबी गर्ने सबैको जीवनशैलीलाई चिह्नित गर्नुपर्छ। किन? किनभने यो यस्तो जीवनशैली हो जसले परमेश्वरको आशिषको अनुभव गर्दछ जसले उहाँको अनुमोदन प्राप्त गर्दछ—यद्यपि यो संसारबाट उपहास ल्याउने जीवनशैली हो। अर्को शब्दमा भन्ने हो भने, येशूले हामीलाई प्रतिसंस्कृति जीवनशैली अपनउन बोलाउनु भएको छ!
मत्ती 5:3-12 लाई प्राय: धन्य वचनको शीर्षक दिइन्छ। शब्द “बेयटीटूट” ल्याटिन अनुवादबाट आएको हो, जसलाई “धन्य” भनेर अनुवाद गरिएको छ। एक जना लेखकले यी कुराहरूलाई येशूका साँचो चेलाहरूलाई चिनाउन सक्ने “सुन्दर मनोवृत्तिहरू” भनेको छ। म सहमत छु! यस खण्डमा ८ वटा मनोवृत्तिहरू सूचीबद्ध छन्। दुइटाई पद 10 र 11 मा “धन्य” भन्ने शब्द उल्लेख भए तापनि—पद 10-12 ले एउटा मनोवृत्तिको वर्णन गर्छ—त्यो हो सतावट सहनु।
तपाईंले ध्यान दिनुभयो भने, प्रत्येक मनोवृत्तिलाई “धन्य” भन्ने शब्दले चिनो लगाउँदछ जुन 9 पटक देखिन्छ। कुनै–कुनै अनुवादमा यस शब्दलाई “आनन्दित” वा “भाग्यमानी” भनेर अनुवाद गरिएको छ। तैपनि, यसले “आशिष्” भन्ने शब्दले जस्तै पूरै चित्रण प्रदान नगर्न सक्छ । किन? 2 कारणहरु छन।
कारण # 1. आनन्दले कुनै व्यक्तिको आत्मगत अवस्थालाई बुझाउँछ—तिनीहरूले कस्तो महसुस गर्छन्—जबकि येशूले तिनीहरूको बारेमा वस्तुनिष्ठ न्याय गरिरहनुभएको देखिन्छ—परमेश्वरले तिनीहरूको बारेमा के सोच्नुहुन्छ। आत्मामा दीन हुनु, शोक मनाउनु आदि जस्ता गुणहरू प्रदर्शन गर्नका लागि परमेश्वरले तिनीहरूलाई अनुमोदन गर्नुहुन्छ । त्यसैकारण म “धन्य” भन्ने शब्द प्रयोग गर्न रुचाउँछु।
कारण # 2. हाम्रो संस्कृतिमा “खुशी” लाई कसरी बुझिन्छ भनेर पनि म यसलाई रुचाउँछु। हाम्रो संस्कृतिले आनन्दलाई सांसारिक परिस्थितिमा आधारित आनन्दित भावनाहरूसित तुलना गर्छ। परमेशवरबाट आशिष् पाएकाहरू अर्थात् उहाँको अनुमोदन प्राप्त गर्नेहरू आनन्दित हुनेछन् तर यो अर्कै किसिमको आनन्द हो। यो संसारले वर्णन गरेको भन्दा फरक प्रकारको खुशी हो। तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गरे तापनि परमेश्वरको प्रसन्नता र अनुमोदनबाट यो भावना उत्पन्न हुन्छ। सतावट र दुःखकष्टको समयमा पनि—परमेश्वरबाट अनुमोदित हुने सकारात्मक अवस्थामा छन्—विश्वासीहरूले आनन्द अनुभव नगरे तापनि। त्यसैले म “धन्य” भन्ने शब्द प्रयोग गर्न रुचाउँछु।
अन्तमा, जबसम्म हामी आशिष् वा आनन्दको साँचो अर्थ बुझ्छौं तबसम्म हामी “धन्य” वा “खुसी” भन्ने शब्दलाई प्रस्तुत गर्छौं कि गर्दैनौं, यो कुनै ठूलो मुद्दा होइन।
अब, धन्य वचनले एउटा संरचना बनाउछ। प्रत्येक धन्य वचनमा तीनवटा भागहरू छन्। सब भन्दा पहिले, त्यहाँ एक आशिष् छ [“धन्य”—मत्ती 5:3क]। दोस्रो, आशिष् हुनुको एउटा कारण छ, जुन एक विशिष्ट मनोवृत्तिमा आधारित छ [“किनकि तिनीहरू आत्मामा दीन छन्”—मत्ती 5:3ख]। अन्तमा, अन्तमा, यो मनोवृत्ति प्रदर्शन गर्नेहरूको लागि त्यहाँ इनाम छ [“किनकि स्वर्गको राज्य तिनीहरूको हो”—मत्ती 5:3ग)।
धन्य वचनको मुख्य विषय यही हो: “स्वर्गको राज्य”–का आशिष्हरू अनुभव गर्नु—अहिले र भविष्यमा सबै पूर्णतामा। यो विषय पद 3 र 10 को अन्तमा “स्वर्गको राज्य तिनीहरूको हो” भन्ने वाक्यांशबाट आएको हो! “तिनीहरूको हो” वर्तमान सम्पत्तिलाई सङ्केत गर्दछ।
तपाईं देख्नुहुन्छ, स्वर्गको राज्यमा वर्तमान तत्व र भविष्यको तत्व दुवै छ। परमेश्वरले पुरानो करारमा प्रतिज्ञा गर्नुभएझैं, भविष्यको तत्त्वले येशू पृथ्वीमा फर्कंदा स्थापना गर्नुहुने भौतिक राज्यलाई बुझाउँछ । तथापि, अहिले पनि साँचो विश्वासीहरू अर्थात् राजा येशूको प्रभुत्व वा शासनको अधीनमा बस्नेहरूले केही आध्यात्मिक आशिष्हरू अनुभव गरिरहेका छन्।
यो बुझ्नु महत्त्वपूर्ण छ कि स्वर्गको राज्यका आशिष्हरू केवल ती व्यक्तिहरूका लागि मात्र आरक्षित छन् जसले मुक्तिको अनुभव गरेका कारणले आफ्नो दैनिक जीवनमा यी 8 मनोवृत्तिहरू प्रदर्शन गर्छन् र यसरी, पवित्र आत्मा तिनीहरूभित्र वास गरिरहनुभएको छ। यसको अर्थ यो होइन कि विश्वासीहरूले यी सबै मनोवृत्तिहरू सधैं सिद्धतामा प्रदर्शन गर्नेछन्। आत्माले भरिएका मसीहीहरू समेत, विश्वासीहरू अक्सर यस जीवनशैलीबाट वञ्चित हुन सक्छन्।
तैपनि, धन्य वचनमा मात्र होइन तर डाँड़ाको सम्पूर्ण उपदेशमा वर्णन गरिएको जीवनशैलीको खोजीले पृथ्वीमा राजा येशूको शासनमा बस्ने हरेक मसीहीमाथि प्रभुत्व जमाउनुपर्छ । यद्यपि विश्वासीहरू स्वर्गको यस छेउमा कहिल्यै पनि पूर्ण तवरमा लक्ष्यमा पुग्न सक्दैनन्, तैपनि तिनीहरूले हृदयदेखि नै यसको पछि लाग्नुपर्छ। स्वर्गीय ह्याडन रोबिन्सनले आफ्नो पुस्तक “सफल जीवन को बारे येशुले के भन्नु हुंछ” [ह्वाट जिसस सेड अबाउट सक्सेसफुल लिभिङमा] ठीकै भनेका छन्, “परमेश्वरलाई शिखरभन्दा प्रक्रियामा बढी चासो छ । लक्ष्यको पछि लाग्नु आफ्नै इनाम बन्छ।”
त्यसकारण, यसो भनिरहँदा, हामी आगामी लेखमा पहिलो धन्य वचनलाई हेर्नेछौं! तबसम्म, प्रार्थनापूर्वक तपाईं आफैले मनन गर्नुहोस र प्रभुलाई बिन्ती गर्नुहोस् कि चाहन मात्र होइन तर निरन्तर यस प्रकारको जीवनशैली पछ्याउन सक्षम पार्नुहोस्।
