आउनुहोस्, हामी २२ वटा क्षेत्रमा आफैलाई जाँचौं

(English Version: “Come, Let Us Examine Ourselves in 22 Areas”)
कलस्सी 3:1-4:6 मा पावलले प्रत्येक मसीहीको जीवनमा इच्छा गर्नुपर्ने, पछ्याउनु पर्ने र उपस्थित हुनुपर्ने 22 वटा गुणहरूको सूची दिएका छन्। समय निकालौं र यी प्रत्येक क्षेत्रमा हाम्रो जीवनको समीक्षा गरौं। आवश्यकता अनुसार परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गरौं, पश्चात्ताप गर्न मदत गरिदिनुहोस् भनी उहाँलाई बिन्ती गरौं र सबै कुरा सच्याऔं।
1. सांसारिकता [ कलस्सी 3:2 “माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।”]
2. यौन शुद्धता [कलस्सी 3:5 “तिनलाई मार…व्यभिचार, अशुद्धता, कामुकता”]
3. लालच [कलस्सी 3:5 “मार्नुहोस्…लालच”]
4. क्रोध [कलस्सी 3:8 “यी सबै कुरा त्याग…रीस, क्रोध”]
5. फोहोर बोली [कलस्सी 3:8-9 “यी सबै कुरा त्याग…निन्दा…फोहोर बोली…एउटाले अर्कालाई नढाँट”]
6. पक्षपात [कलस्सी 3:11“यहाँ ग्रीक वा यहूदीमा कोही भेद छैन… तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ।”]
7. दया [कलस्सी 3:12 “करूणा, दया…धारण गर”]
8. नम्रता [कलस्सी 3:12 “दीनता, नम्रता…धारण गर”]
9. धैर्य [कलस्सी 3:12 “धैर्य…धारण गर”]
10. क्षमा [कलस्सी 3:13 “जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ”]
11. प्रेम [कलस्सी 3:14 “प्रेम धारण गर”]
12. धन्यवादी [कलस्सी 3:15-17 “धन्यवादी होओ…भजन…कृतज्ञतासाथ…परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै”]
13. बाइबल अध्ययन [कलस्सी 3:16 “ख्रीष्टको वचन प्रशस्ततासँग वास गरोस्।”]
14. पत्नी [कलस्सी 3:18 “प्रभुको दृष्टिमा सुहाउँदो गरी आ-आफ्ना पतिहरूका अधीनमा बस”]
15. पति [कलस्सी 3:19 “आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ”]
16. छोरा-छोरी [कलस्सी 3:20 “प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर”]
17. बुबा [कलस्सी 3:21 “आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ”]
18. कर्मचारीहरू [कलस्सी 3:23 “आफ्नो मालिकहरुको आज्ञा पालन गर…सम्पूर्ण हृदयको साथ…काम गर…जस्तै…परमप्रभुको निम्ति”]
19. मालिकहरू [कलस्सी 4:1 “कमाराहरूसँग (कर्मचारीहरू) न्यायसङ्गत र उचित व्यवहार गर”]
20. प्रार्थना [कलस्सी 4:2 “प्रार्थनामा लागिरहो”]
21. प्रार्थना [सुसमाचार फैलाउनको लागि] [कलस्सी 4:3-4 “प्रार्थना गर्नुहोस्…ताकि [अरूले] ख्रीष्टको रहस्य घोषणा गर्न सकून्…स्पष्ट”]
22. सुसमाचार प्रचार [कलस्सी 4:5-6 “बुद्धिमान् बन…बाहिरी व्यक्तिहरूप्रति; समयको सदुपयोग गर…नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्…”]
स्मरण रहोस्, “येशूको रगत…हामीलाई सबै पापहरूबाट शुद्ध पार्नुहुन्छ” [1 यूहन्ना 1:7] र “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।” [1 यूहन्ना 1:9]।