म समस्यामा पर्दा के परमेश्वरले वास्ता गर्नुहुन्छ

(English Version: “Does God Care When We Are In Trouble?”)
“सबै कुरा आफ्नो नियन्त्रणमा राख्नुहुने प्रेमको परमेश्वरले मलाई कसरी यस्तो हुन दिनुहुन्छ?” त्यसैले घोडाबाट खसेर हात खुट्टामा गहिरो चोट लागेको एउटी युवतीलाई सोधे । उनको पास्टर एकक्षणको निम्ति मौन रहे र त्यसपछि सोधे, “उनीहरुले तपाईलाई कास्टमा राख्दा तपाईलाई धेरै पीडा भयो?” “ पीडा भयानक थियोे,” उनले जवाफ दिइन् ।
“के तपाईको बुबाले तपाईलाई यसरी डाक्टरले चोट पुर्याउनु अनुमति दिनुभयो?” उसले थप सोध्यो । उनले जवाफ दिईन् “हो तर यो आवस्यक थियो” पास्टरले भने । “के तिम्रो बुबाले तिमीलाई माया गरेकोले गर्दा डाक्टरले तिमीलाई चोट पुर्याउनु दिनुभयो?” “तपाईंले यो सुझाव दिनु चाहनु भएको छ कि परमेश्वरले मलाई माया गर्नुहुन्छ, उहाँले मलाई चोट पुर्याउनु दिनुभयो?” उनको स्तब्ध प्रतिक्रिया थियो ।
पास्टरले मुस्कुराँउदै जवाफ दिए। “‘यो कुरा मबाट आएको हो ।’ परमेश्वरबाट आएको यी पाँच शब्दहरुले तपाईलाई सान्त्वना दिएका होस् । तिनीहरुले बादललाई चाँदीको अस्तर दिनेछन् । तपाईको ‘कठिन भाग्य’ को मामला होइन ।परमेशवरले यो परिक्षणको योजना गर्नुभयो । यदि तपाईं उहाँको छोरी हुनुहुन्छ भने, उहाँले तपाईलाई असल सेवाको निम्ति तयार गर्दै हुनुहुन्छ ।”
शेक्सपियरले भने , “बिरामीमा, मलाई यो नभन्नुहोस्, ‘के म मेरो बिरामीबाट निको हुँदैछु; तर म यसको निम्ति राम्रो हुँदैछु ।’” त्यस्तै, गरि इसाईहरुको रुपमा, “म यो परिक्षाबाट कहिले बाहिर निस्कन्छु?” हामीले सोध्न सिक्नुपर्छ, “के म यो परिक्षणबाट राम्रो हुँदैछु? दु:खको कुरा, यो धेरै इसाईहरुको प्रतिक्रिया होइन।तिनीहरुको प्रश्न हो, म समस्यामा पर्दा के परमेश्वरले वास्ता गर्नुहुन्छ?”
बाइबलीय परिप्रेक्ष्यबाट यस प्रश्नको जवाफ दिनको निम्ति, हामी मर्कूस ४:३५-४१ मा लिपिबद्ध रुपमा येशूले आँधीलाई शान्त पार्नु भएको परिचीत घटनालाई हेरौं र त्यसबाट केही सत्यताहरु सिकौं।
३५. त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।”३६.अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए । ३७. अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो।
३८. उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”
३९. तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। ४०. उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”
४१. तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।”
गालीलमा सेवाको व्यस्त दिन पछि, प्रभु येशूले आफ्नो चेलाहरुलाई गालीलबाट निस्केर गालीलको समुद्र पारी गेरासेनेस [३५-३६] क्षेत्रमा जान आज्ञा दिनुभयो । यद्यपि तिनीहरुको यात्राको क्रममा तिनीहरुले ठूलो आँधीको सामना गरे [३७]।
धेरै डरले घेरिएको चेलाहरु सुतिरहेको येशूको सामुन्ने अत्तालिएर आए र उहाँले तिनीहरुको वास्ता गर्नुहुन्छ कि भनेर सोधे [३८] । येशू बिउँझनुभएर आँधीलाई शान्त पार्नुभयो र चेलाहरुलाई तिनीहरूको विश्वासको कमजोरी निम्ति हप्काउनुभयो [३९-४०] । अलौकिक शक्तिहरुमाथी येशूको शक्ति देखेपछि, चेलाहरु ठूलो डरले समातिए [४१] ।
जहाँ यो घटनाले अलौकिक शक्तिहरुमा ख्रीष्टको शक्ति प्रकट गर्दछ, यसले प्रतेक विश्वासीको जीवनमा परिक्षाहरुको समयमा परिक्षाहरु र परमेश्वरको हेरचाहको बारेमा चार सत्यहरु पनि सिकाउँछ ।
१. इसाईहरु परीक्षाहरुबाट मुक्त छैनन् [v ३५-३७] ।
के येशूलाई आँधी आउँदैछन् भनेर थाहा थियोे? निस्संदेह, उहाँलाई थाहा थियोे! तैपनि उहाँले चेलाहरुलाई त्यही आँधी भएको मुख्य स्थान तिर निर्देश दिनुभयो । आँधी चेलाहरुको निम्ति त्यस दिनको प्रशिक्षण पाठ्यक्रमको एक भाग थियोे।
धेरैलाई लाग्छ कि आँधी अनाज्ञाकारिताको कारणले मात्र आउँछ । तर संधै यस्तो हुँदैन। हो, योना आफ्नो अनाज्ञाकारिताको कारण आँधीमा परे । तर यहाँ चेलाहरु प्रभुप्रतिको आज्ञाकारिताको कारणले त्यो आँधीमा परे! यी सबै चेलाहरुले येशूलाई पछ्याउन आफ्नो घर र जागिर छोडेका थिए र अझै पनि धेरै परीक्षाहरुको सामना गर्नु परेको थियोे । यसले हामीलाई अय्यूबको सम्झना गराउँछ, जो धर्मी मानिस भएर पनि परीक्षाहरुबाट गुज्रिनुभयो [अय्यूब १:८;२:३] ।
प्रभुको आज्ञाकारिता र सेवाले परीक्षाबाट बाँच्ने ग्यारेन्टी दिंदैन । इसाईहरु भएको नातामा हामीले यो बुझ्नु आवश्यक छ कि प्रभुले हामीलाई सधैं परीक्षाहरुबाट जोगाउनुहुन्न तर तिनीहरुद्वारा हामीलाई सुरक्षा दिनुहुन्छ । कहिलेकाही उहाँले आँधीलाई शान्त पार्नु सक्नुहुन्छ तर कतिपय समयहरुमा उहाँले आँधीलाई छोडीदिनुहुन्छ तर आफ्नो छोराछोरीलाई चाहिँ उहाँले शान्त पार्नुहुन्छ ।
परिणाम जस्तोसुकै भए पनि, याद गरौँ: “ख्रीष्ट बिनाको किनारमा हुनुभन्दा आँधीबेह्रीमा पनि ख्रीष्टसंग डुंगामा रहनु धेर असल र सुरक्षित छ!”
२. परीक्षाको समयमा प्रभु अनुपस्थित रहनु भएको जस्तो लाग्न सक्छ [v ३८]।
भजनरचयिता रोए, “किन प्रभु तपाईं टाढा उभिनुहुन्छ? किन तपाईले आफैलाई दुःखद् घटनाको समयमा लुकाउनुहुन्छ?” [भजन १०:१] र “हे प्रभु, जाग्नुहोस्! किन सुत्नुहुन्छ? आफैलाई उठाउनुहोस् । हामीलाई सधैंभरी अस्वीकार नगर्नुहोस् “ [भजन ४४:२३] ।
त्यसैगरी, चेलाहरुको परिक्षाको घडीमा येशू उदासीन र लापरबाही हुनुहुन्थ्यो जस्तो देखिन्थ्यो, जसले गर्दा उनीहरु कराउन थाले, “गुरुज्यू, हामी डुब्यौं भन्ने तपाईलाई वास्ता छैन?” अर्को शब्दमा, “परमेश्वर, यदि तपाईंले मलाई प्रेम गर्नुहुन्छ भने, तपाईले मलाई यो परीक्षाबाट किन जान दिनुहुन्छ? के तपाई पनि हेर्दै हुनुहुन्छ?”
जवाफ यो हो: परमेश्वरले सधैं हाम्रो हेरचाह गर्नुहुन्छ । उहाँले हामीलाई कहिले एकलै छोडनुहुन्न तर जीवनको सबैभन्दा अन्धकारमय घडीमा पनि हामीले उहाँमा भरोसा राखेको चाहनुहुन्छ ।
यशैया ५०:१० ले हामीलाई अवगत गराउँछ, “तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासको वचन पालन गर्छ? अन्धकारमा हिँड्ने, उज्यालो नभएकोले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्नो परमेश्वरमा भर परोस्।”
३. परीक्षाहरुले हामीलाई परमेश्वरको नजीकमा हुन मदत गर्दछ [v ३८] ।
तिनीहरुको कमजोर विश्वसको बावजुद, आँधीबेह्रीले चेलाहरुलाई ख्रीष्टको नजिक ल्यायो । यद्यपि तिनीहरु उहाँमा गलत तरिकाले फर्केका थिए, अन्ततः अझै तिनीहरू उहाँतर्फ फर्के । तिनीहरूको बिन्तीले उहाँलाई ब्यकुल पारेकोमा प्रभुले तिनीहरुलाई हप्काउनुभएन ।
बरु, उहाँले तिनीहरू ब्यकुल र भयभीत भएकोमा हप्काउनुभयो । हो, परीक्षाहरुले मानिसहरुलाई परमेश्वरबाट टाढा रहन गाह्रो बनाउन सक्छ ।यद्यपि, परमेश्वरको छोराछोरी हरुको निम्ति, परीक्षाहरुले तिनीहरूलाई सधैं उहाँको नजिक तान्छ । परीक्षाहरुले हामीलाई परमेश्वरको वचनप्रति हाम्रो प्रेम बढाउन र उहाँसंग प्रार्थनामा अझ महत्त्वपूर्ण समय बिताउन सहायता पुर्याउँछ ।
४. परीक्षाहरुले परमेश्वरका गुणहरु को बारेमा हाम्रो बुझाइ बढाउँछ [३९-४१]।
यस अनुभवको माध्यमबाट, चेलाहरुले परमेश्वरको प्रेम र सबै चीजहरुमा उहाँको शक्तिको ठूलो समझ लिएर आए । हामी पनि, जीवनको परीक्षाहरु मार्फत यस्तो समझमा बढ्न सक्छौं ।यी सबै अनमोल सत्यहरुले परमेश्वरले आफ्नो छोराछोरीहरुलाई सधैं हेरचाह गर्नुहुन्छ भन्ने प्रकट गर्दछ ।
त्यसोभए, हामी त्यहाँ छौं—प्रतेक विश्वासीहरुको जीवनमा ती परीक्षाहरुको समयमा परीक्षाहरु र परमेश्वरको हेरचाहको बारेमा चार सत्यहरु ।
इसाई बन्नुले समस्य-मुक्त जीवनको ग्यारेन्टी गर्दैन । जसरी एक लेखकले लेखेका छन्:
“शैतानले हाम्रो मुख्य सन्देशबाट हाम्रो ध्यान एकदमै धूर्त रुपमा हटाइएको छ । पापीहरुलाई ख्रीष्टमा धर्मी बनाइन्छ र आउने क्रोधमा बच्न सकिन्छ भन्ने सुसमाचारको घोषणा गर्नुको सट्टा, हामीले एउटा “सुसमाचार ” को लागि बसेका छौं जसले हामीलाई बचाउनको लागि परमेश्वरको मुख्य उदेश्य भनेको हाम्रो जीवनको लागि “अद्भुत योजना” खोल्नु हो । समस्यहरु समाधान गर्नुहोस्, हामीलाई ख्रीष्टमा खुशी बनाउनुहोस् र हामीलाई यस जीवनको बाधाहरुबाट बचाउनुहोस् ।
जो ख्रीष्टमा खुशी खोज्ने ढोकाबाट विश्वासमा आउँछन् उनीहरुले सोच्नेछन् कि उनीहरुको खुशी परमेश्वरको प्रेमको प्रमाण हो । तिनीहरुले परीक्षाहरु आउँदा र तिनीहरूको खुशी चोडिन्दा परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको छ भनी पनि लाग्न सक्छ । तर क्रुसलाई परमेश्वरको प्रतीकको रुपमा हेर्नेहरुले उहाँप्रतिको उहाँको अटल भक्तिमा कहिल्यै शंका गर्दैनन्।”
परमेश्वरको छोराछोरीहरुले विश्वास गर्न आवस्यक छ कि जीवनको आँधीबेह्रीमा पनि परमेश्वर हाम्रो सम्पुर्ण हृदयको भरोसाको योग्य हुनुहुन्छ । यदि हामी ख्रीष्टमा हामीलाई नरक र शैतानबाट छुटकारा दिनको निम्ति भरोसा गर्न सक्छौं भने, हाम्रो दैनिक समस्याहरुमा उहाँमाथी भरोसा गर्न हामीलाई किन गाह्रो छ ? विश्वासले डरलाई पछ्याउँछ, र डरले विश्वासलाई खेद्छ ।
हामीले हाम्रो दृढ विश्वासको कमीको निम्ति पश्चताप गर्नुपर्छ र पुकारनु पर्छ,“मलाई मेरो अविश्वास हटाउन सहायता गर्नुहोस् !” [मर्कूस ९:२४] । जब हामी यसरी पुकार्छौं, असल प्रभुले जीवनको सबैभन्दा अन्धकारमय क्षणहरुमा पनि उहाँको पवित्र आत्माद्वारा, हामीलाई यी शब्दहरूको सत्यतामा अनुभव गर्ने सहायता गर्नुहुनेछ,“जसको मन स्थिर छन्, उनीहरूलाई तपाईले पुर्ण शान्तिमा राख्नुहुनेछ, किनभने तिनीहरू तपाईमा भरोसा राख्छन्” [यशै २६:३] ।
हामीलाई सम्झनुहोस्: आज्ञाकारीताको कारणले गर्दा परीक्षाहरुले सधैं हामीसँग ख्रीष्टको उपस्थिति सुनिश्चित गर्दछ! र जब ख्रीष्ट हामीसँग हुनुहुन्छ, हामी आँधीबेह्रीमा मुस्कुराउनु सक्छौं र आत्माविश्वासको साथमा भन्न सक्छौं, “हो, मेरो प्रभु र मुक्तिदाता येशू ख्रीष्टले म समस्यामा पर्दा पनि मेरो हेरचाह गर्नुहुन्छ!”