कार्यस्थलमा क्रिश्चियनको भूमिका

(English Version: “The Christian’s Role In The Workplace – A Biblical View”)
यूनाइटेड स्टेट्स मा एउटा प्रसिद्ध भोजनालय छ, जसलै “TGIF” भंछ—धन्यवाद प्रभु, आजू शुक्रवार हो। यो नामले नै देखाउछ एउटा औसत व्यक्तीले कामलाई कुन नज़र ले हेर्छ—म खुशी छु कि काम को हफ्ता सक्यो! हालाकि, के क्रिश्चियनले काम लाई यो नजर ले हेर्दा हुंछा।
सत्य #1 पाप संसारमा प्रवेश गर्नुअघि नै काम अस्तित्वमा थियो।
धेरै मानिसहरूले भूलवश काम गर्नु संसारमा पापको परिणाम हो भनेर सोच्छन्। पाप संसारमा प्रवेश गर्नुअघि नै परमेश्वरले आदमलाई अदनको बगैंचामा “काम गर्न र त्यसको हेरचाह गर्न” राख्नुभएको थियो। [उत्त. 2:15]। तथापि, पापको कारण, काम अझ कठिन बनाइयो, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्।” [उत्पत्ति 3:17]।
काम सिद्ध संसारमा [अर्थात्, मानवजातिको पतन हुनुभन्दा अघि] मानिसको जीवनको भाग भएकोले र आगामी नयाँ संसारमा काम को अस्तित्व रहने भएकोले कामलाई अभिशापको रूपमा नभई आशिष्को रूपमा हेर्नुपर्छ!
सत्य # 2. काम परमेश्वरको आज्ञा हो।
हामीलाई 1 थिस्सलोनिकी 4:11 मा “[हाम्रा] हातले काम गर्न” आज्ञा दिइएको छ। त्यस समयको यूनानी संस्कृतिले शारीरिक श्रमलाई हेयको दृष्टिले हेर्थ्यो। तथापि, बाइबलले बाइबलका सिद्धान्तहरूअनुसार काम गरेमा सम्पूर्ण श्रमलाई आदरणीय भनी घोषणा गरेको छ। एकछिन सोच्नुहोस्। यदि काम अभिशाप हो भने परमेश्वरले आफ्ना छोराछोरीलाई किन काम गर्न आज्ञा दिनुहुन्छ र त्यो पनि हातले? अहँ, परमेश्वरले हामीलाई कुनै पनि खराब काम गर्न आज्ञा दिनुहुनेछैन। परमेश्वरका छोराछोरीको हैसियतमा हामीले परमेश्वरका हरेक आज्ञालाई गम्भीरतापूर्वक लिनुपर्छ—हाम्रो प्राकृतिक अभिलाषाविपरीत लाग्ने आज्ञालाई समेत।
सत्य # 3. काम अरूको साझा भलाइको लागि हो।
व्यक्तिगत र पारिवारिक आवश्यकताहरूको हेरचाह गर्नुका साथै काम भनेको दोस्रो आज्ञा पूरा गर्ने एउटा तरिका हो, “आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर” [मत्ती 22:39]। बाइबलका थुप्रै आज्ञाहरूले खाँचोमा परेकाहरूलाई मदत गर्नुको महत्त्वलाई जोड दिन्छ । प्रेषित 20:35 ले हामीलाई “परिश्रम” द्वारा “दुर्बलहरूलाई मदत” गर्नुपर्छ भनेर बताउँछ । एफिसी 4:28, मा हामीलाई “काम” गर्न आज्ञा दिइएको छ ताकि हामी “खाँचोमा परेकाहरूलाई केही बाँड्न” सकौं । हितोपदेश 14:31 मा हामीलाई यसो भनिएको छ, “जसले खाँचोमा परेकाहरूप्रति दयालु हुन्छ, उसले परमेश्वरको आदर गर्छ।” धनीहरूलाई समेत परमेश्वरले यो आज्ञा दिनुहुन्छ, “असल कर्ममा धनी होऊ, र उदार र साझेदारी गर्न इच्छुक होऊ” [1 तिमोथी 6:18]।
खाँचोमा परेकाहरूमा परिवार, साथीहरू र अपरिचित हरू समेत पर्छन्। हामी एउटा असल भण्डारी हुनुपर्छ भने परमेश्वरले हामीलाई अरूका लागि आशिष् हुन आशिष् दिनुहुन्छ भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन। डी.एल. मुडीले सुन्दर तरिकामा सामान्य भलाईको लागि काम गर्ने यस सत्यलाई संक्षेपमा प्रस्तुत गरे:
सबै राम्रो काम जो तपाईं ले गर्न सक्नुहुन्छ, गर्नु होस, सबै माध्यमहरू द्वारा गर्नुहोस, सबै तरिकाले गर्नुहोस, सबै ठाउँमा गर्नुहोस, सबै समयमा, सबै मान्छेलाई गर्नुहोस, जब सम्म तपाईंले गर्न सक्नुहुन्छ, गर्नुहोस।
साथै, “आफ्नो छिमेकीलाई प्रेम गर” भन्ने आज्ञाले हामी कहाँ जागिर खान्छौं, त्यसबारे होसियार हुन हामीलाई सम्झाउँछ। त्यो स्थानहरु जसले धेरै व्यक्तिगत जीवन र परिवारहरूको विनाश गर्दछ, त्यो स्थानहरुलाई वैध रूपमा तपाईंको छिमेकीलाई माया गर्ने अवधारणाको ठाउँहरू भन्न सकिदैन। विश्वासीले त्यस्ता ठाउँहरूमा काम गर्नु उपयुक्त हुँदैन।
गैर-सहभागिताको यो सिद्धान्त ती ठाउँहरूमा पनि विस्तारित हुनेछ जहाँ पाप खुल्लमखुल्ला गरिएको छ [उदाहरणका लागि, ग्राहकहरूलाई झूट बोल्नु]। आर्थिक लाभहरू अविश्वसनीय लागे तापनि विश्वासीहरूले आफूलाई परमेश्वरको वचन अवज्ञा गर्ने प्रलोभनमा पर्न सक्ने ठाउँमा राख्नु हुँदैन।
सत्य # 4. काम गर्दा परमप्रभु नै वास्तविक मालिक हुनुहुन्छ भनेर याद राख्नुपर्छ।
“ओह—होइन,” तपाईले भन्न सक्नुहुंछा! “ओह—हो,” परमेश्वरको वचन भन्छ! एफिसी 6:5-8 ले यस सत्यतालाई स्पष्ट पार्छ [कलस्सी 3:22-25 पनि हेर्नुहोस्]। एफिसी 6:5-8 मा हामीलाई यसो भनी आज्ञा दिइएको छ, “कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।” ध्यान दिनुहोस्, हामीले “ख्रीष्टको आज्ञा पालन गरे” जस्तो हाम्रा मालिकहरूको अधीनमा बस्नुपर्छ।
एक जना मसीहीको कार्यनैतिकता मालिकले हेरिरहेको बेला तिनलाई खुसी पार्नुमा मात्र आधारित हुनुहुँदैन, “तिनीहरूको नजर तपाईंमाथि पर्दा तिनीहरूको अनुग्रह प्राप्त गर्नमात्र होइन” [एफिसी 6:6a]। बरु, मसीहीहरूले यो कुरा बिर्सनु हुँदैन कि प्रभुले सधैं हेरिरहनुभएको छ, र अन्ततः तिनीहरूले उहाँलाई नै आफ्नो सेवा गर्छन्। मसीहीहरूले सधैं आफ्नो मालिकको अधीनमा बस्नु र असल काम गर्नु “परमेश्वरको इच्छा” हो [एफिसी 6:6b]। पावलले यसो भने, “मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, 8 यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।” [एफिसी 6:7-8] यसैले विश्वासीहरूले मालिकहरूले तिनीहरूको कामलाई चिन्छन् कि चिन्छन् भन्ने कुरामा आफ्नो कार्य नैतिकतालाई कहिल्यै आधार बनाउनु हुँदैन।
धेरै जना तनावमा पर्छन् र उसको कामलाई कसैले ध्यान न दिंदा कडा परिश्रम गर्दैनन्। “बधाई छैन, बोनस छैन, राम्रो काम गर्यो भन्ने छोइन, मैले किन वास्ता गर्नु?” धेरैमा यस्तो मनोवृत्ति व्याप्त छ। यदि परमेश्वर वास्तविक मालिक हो भने [र उहाँ हुनुहुन्छ], परमेश्वरले एक दिन विश्वासीलाई इनाम दिनुहुनेछ! यो उहाँको प्रतिज्ञा हो र यो सेवाको लागि प्रोत्साहनदायी पक्ष हुनुपर्छ—मांछेले आदर गरोस भनेर मात्र होइन। हामी मालिक वा अरूलाई हाम्रो व्यवहारमा प्रभाव पार्न दिन सक्दैनौं!
हामीले सधैं प्रभु नै वास्तविक मालिक हुनुहुन्छ जस्तो गरी काम गर्नुपर्छ। हामीले प्रभुलाई देखाउने समर्पणको त्यही मनोवृत्ति देखाउनुपर्छ। यसले नम्रताको आत्मालाई प्रकट गर्द छ। निस्सन्देह, अपवाद यो हो कि यदि हाम्रो मालिकले हामीलाई वचनको उल्लङ्घन गर्ने कुनै काम गर्न भन्छ भने, हाम्रो मानव मालिकको आज्ञा पालन गर्नु हाम्रो कुनै दायित्व छैन।. यस्तो अवस्थामा हामीले परमेश्वरको आज्ञा पालन गर्नैपर्छ—“हामीले मानिसहरूको भन्दा परमेश् वरको आज्ञा पालन गर्नुपर्छ!” [प्रेरित 5:29 ]
हामीले याद राख्नु पर्छ, यदि हाम्र मसीही मालिक छ भने 1 तिमोथी 6:2 को सिद्धान्तहरू लागू हुन्छन्, “विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ, र आग्रह गर।”
विश्वासीहरू असल कर्मचारी हुनुका साथै असल रोजगारदाता हरू पनि हुनुपर्छ। एफिसी 6:9 ले भंछ, “मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर, र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा पक्षपात छैन।” जसरी विश्वासी कर्मचारीहरूले आफ्ना मालिकहरूलाई ख्रीष्टलाई आदर गर्ने तरिकामा सेवा गर्नुपर्छ, त्यसरी नै मसीही मालिकहरूले पनि आफ्ना कर्मचारीहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ। तिनीहरूले धम्की वा तिनीहरूको फाइदा लिन भएन। तिनीहरूले तिनीहरूलाई पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन किनभने परमप्रभुले पक्षपात देखाउनुहुन्न।
जब विश्वासीहरूले प्रभु वास्तविक मालिक हुनुहुन्छ र हामी केवल पैसाको लागि काम गर्दैनौं भन्ने महसुस गर्छन्, कामप्रतिको दृष्टिकोण परिवर्तन हुन्छ। काम बोझ बन्दैन तर यसलाई आशिष् र परमेश्वरको महिमा ल्याउने उत्कृष्ट माध्यमको रूपमा लिन सकिन्छ।
सत्य # 5. काम माध्यम हो—परम अंतमा—परमेश्वरको महिमा।
1 कोरिन्थी 1:31 मा “परमेश्वरको महिमाको निम्ति” हामीले सबै कुरा गर्नुपर्छ भनेर स्पष्टसित बताउँछ। यो कुरा बुझ्दा विश्वासीहरूले कामलाई परमेश्वरको महिमा गर्ने अन्तिम लक्ष्यको माध्यमको रूपमा हेर्न मदत पाउनेछन्। जब यो परिप्रेक्ष्य अनुपस्थित हुन्छ, काम चाँडै मालिक बन्न सक्छ र कामगर्ने दास बन्न सक्छ। र यसले अन्य प्रकारका समस्याहरू निम्त्याउनेछ जस्तै धनी हुन चाहने, कर्पोरेट सिँढी चढ्ने इच्छा, संसारले प्रस्ताव गर्ने उत्तम कुराहरू पछ्याउने आदि।
यसले व्यक्तिको आध्यात्मिक र पारिवारिक जीवनलाई पनि हानि पुऱ्याउन सक्छ [उदाहरणका लागि, व्यक्तिगत प्रार्थनाको लागि समय नहुनु, परिवारको लागि समय नहुनु, मण्डलीका सभाहरूमा उपस्थित हुने समय नहुनु, सम्झौता गर्ने प्रवृत्ति, वा सफलताको लागि गलत कामहरू गर्नु]। त्यसैले हितोपदेश 23:4 ले यस्तो चेतावनी दिन्छ: “धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्।”
स्पष्ट रूपमा भनिएको छ, काम गरी बस्ने नबन्नुहोस्! एकटा विश्वासीको परिचय तिनीहरू कर्मचारी वा रोजगारदाताको रूपमा कत्तिको सफल छन् भन्ने कुराबाट आउँदैन। बरु, विश्वासीको परिचय तिनीहरू ख्रीष्टमा छन् अर्थात् अनुग्रहद्वारा बचाइएका पापी हुन् भन्ने तथ्यबाट आउँछ। परमेश्वरले तिनीहरूलाई पहिल्यै स्वीकारगर्नुभएको छ, र अन्तमा, त्यो मात्र कुरा हो जुन महत्त्वपूर्ण हुनेछ!
त्यसोभए, हामीसँग कामसम्बन्धी 5 वटा आधारभूत सत्यहरू छन्। यी सत्यहरूका अतिरिक्त, काम गर्ने सन्दर्भमा विचार गर्नुपर्ने अन्य 3 वटा सामान्य सिद्धान्तहरू पनि छन् ।
कठिन वातावरणमा काम गर्नु। तनावपूर्ण वातावरणमा काम गर्दा हामी हतोत्साहित हुनुहुँदैन। परमेश्वर जीवनका सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ । 1 पत्रुस 2:18-21 ले हामीलाई सम्झाउँछ कि कहिलेकाहीं हामीले अनुचित मालिकहरूको अधीनमा बस्नुपर्छ। परमेश्वरले हामीलाई कुनै कारणवश त्यहाँ राख्नुभएको हुन सक्छ—सायद हाम्रो वरपरका मानिसहरूलाई परिवर्तन गर्नलाई वा यस्तो कठिन परिस्थितिमा हामीलाई परिवर्तन गर्नलाई, जसरी हामी बलको लागि उहाँमा अझ बढी भर पर्न बाध्य हुन्छौं।
रोजगारी परिवर्तन गर्द। अर्को जागिर खोज्नुमा कुनै पाप छैन [1 कोरिन्थी 7:21]। तथापि, जागिर परिवर्तन गर्ने सन्दर्भमा यस पक्षलाई प्रार्थनापूर्वक र सोचविचार गरेर हेर्नु राम्रो हुन्छ। हामीले आफैलाई केही कठिन प्रश्नहरू सोध्न हिचकिचाउनु हुँदैन:
- म किन काम छोड्न चाहन्छु?
- के मैले आफ्नो गर्वमा आफ्नो मालिकको अधीनमा बस्न इन्कार गरेक कारणले नै म काम छोड्न चाहन्छु?
- के यो केवल अझै धेरै पैसा र अधिक आरामको लागि मात्र हो?
- के यो व्यक्तिगत रोजगार पूर्तिको लागि मात्र हो?
- के यो कदमले मेरो व्यक्तिगत र परिवारको आध्यात्मिक उन्नतिलाई खतरामा पार्छ?
- के यो कदमले प्रभुप्रतिको मेरो सेवा र स्थानीय मण्डलीमा मेरो संलग्नतालाई असर गर्नेछ?
- यसले परिवारसँग बिताएको मेरो समयलाई कसरी असर गर्नेछ?
प्रार्थनासँगै यस्तो निष्कपट प्रश्नले हामीलाई जागिर परिवर्तन गर्ने सन्दर्भमा सही छनौट गर्न मदत गर्छ। ठूलो चित्रलाई सधैं मनमा राख्नु राम्रो हो—हिँडडुल गर्ने वा बस्ने मेरो इच्छाले कसरी परमेश्वरको महिमा गर्छ? जब हामी परमेश्वरलाई पहिलो स्थानमा राख्छौं र त्यसपछि प्रश्नहरू सोध्छौं, जवाफहरू चाँडै पछ्याउनेछन्। हामीले कहिल्यै बिर्सनु हुँदैन: सांसारिक सन्तुष्टिको पछि लाग्दा महत्त्वपूर्ण आध्यात्मिक विपत्तिहरू आउन सक्छन् ।
यसबाहेक, यो याद राख्न पनि जरूरी छ कि हाम्रा मालिकहरूको बारेमा लगातार नराम्रो बोल्नु वा हाम्रो कामको बारेमा गुनासो गर्नु र नराम्रो भन्नु ख्रीष्ट-जस्तै वा परमेश्वर-महिमा हुदैन। जागिर पाएकोमा पनि हामीले कृतज्ञ हृदय विकास गर्नुपर्छ! नबिर्सनुहोस्—थुप्रै बेरोजगारहरु छन्! र जब हामी अर्कोको लागि एक रोजगार छोड्छौं, यो अघिल्लो कामको बारेमा लगातार नकारात्मक कुरा गर्नु राम्रो होइन। विगतलाई पछाडि राखेर अगाडि बढ्नु राम्रो हो।
कृपया ध्यान दिनुहोस्: कामको दौडान आफूले भोग्नुपरेको कठिन परिस्थितिलाई व्यक्त गर्नु र अरूलाई प्रार्थना गर्न आग्रह गर्नु पाप होइन, न त कार्यस्थलमा भएको साँचो अत्याचारबारे बोल्नु पाप हो। हामीलाई राम्रो व्यवहार नगर्नेहरूप्रति तितोपना विकास गऱ्यौं भने, त्यो पाप हो। कार्यस्थलका नकारात्मक पक्षहरूबारे निरन्तर मनन गर्दा हामी यस्ता पापी मनोवृत्तिहरूतर्फ डोऱ्याउन सक्छौं। त्यसैले हामी होसियार हुनैपर्छ!
कार्यस्थलमा सुसमाचार प्रचार। जबकि बाइबलले हामीलाई सबैको मा पुग्न आज्ञा दिएको छ, जोसले ख्रीष्टसँग उद्धार को संबंध बनाको छोइना, जसमा हामीसँग काम गर्ने हरु पनि पर्छ, तापनि बुद्धिको खाँचो छ। विश्वासीलाई काम गर्न को लागि पैसा दिइन्छ र सुसमाचार प्रचारको कामले रोजगारको काममा हस्तक्षेप गर्नु हुँदैन भन्ने कुरा बिर्सनु हुँदैन। अर्को शब्दमा भन्ने हो भने, कामको समयमा सुसमाचार प्रचार गर्नदेखि जोगिनुपर्छ यदि यसले गर्दा हाम्रो कामको कर्तव्यलाई बेवास्ता गर्न थाल्यो भने। यस्तो दृष्टिकोणले येशूलाई प्रोत्साहन गर्दैन। बरु, यसले मसीही विशवासबारे हानिकारक गवाही दिन्छ । खाने समय वा पछि-घण्टाहरु मा प्रचार गर्न सम्भाव छन्।
यो पनि सम्झनु राम्रो हो—सुसमाचारको सन्देश घोषणा गर्नुको साथै, विश्वासी कर्मचारी वा रोजगारदाता हुनु ख्रीष्टलाई बढावा दिने एउटा शक्तिशाली तरिका हो।
अन्तिम विचार।
कहिल्यै नबिर्सौं: सबैभन्दा महत्त्वपूर्ण काम प्रभु येशूले गर्नुभएको काम थियो जब उहाँले हाम्रो खातिर त्यो सिद्ध जीवन बिताउनुभयो र हाम्रो पापको विकल्पको रूपमा मर्न क्रूसमा जानुभयो। उहाँको विजयी पुकार, “यो समाप्त भयो” [यूहन्ना 19:30], ले हाम्रो पापहरूको लागि उहाँको भुक्तानी पर्याप्त थियो भनेर प्रकट गर्दछ—पुनरुत्थान परमेश्वरको काम को लागि “आमीन” थियो। त्यसकारण, हामी उहाँमा विश्राम लिन सक्छौं र उहाँका आज्ञाहरू पूरा गर्न उहाँको आत्माबाट बल प्राप्त गर्न सक्छौं, जसमा कामसम्बन्धी बाइबलीय सिद्धान्तहरू पालन गर्ने आज्ञा पनि समावेश छ।
परमेशवरको महिमा संसारमा पनि हुन्छ । कसैले “मण्डली” सेवकाईमा पूर्ण-समय काम गरेमा मात्र परमेश्वरको महिमा हुन्छ भन्ने गलत निष्कर्षमा नपुगौं। प्रत्येक मसीही पूर्ण-समय सेवकाईमा छन् भनेर वचनले हामीलाई सम्झाउँछ—यदि तिनीहरूले त्यस इलाकामा परमेश्वरको महिमा गर्छन् भने उहाँले तिनीहरूलाई त्यो काम गर्न बोलाउनुभएको हो। चाहे हामी सांसारिक कार्यक्षेत्रमा हौं, घरमा ईश्वरीय छोराछोरीको हेरचाह र लालनपालन गर्छौं वा मण्डलीमा सेवा गरिरहेका हुन्छौं—परमेश्वरको वचनप्रति वफादार हुनु नै मुख्य कुरा हो । जब हामी यस्तो मनोवृत्ति विकास गर्छौं, टीजीआईएफ [TGIF] भन्नुको सट्टा, हामी खुसीसाथ टीजीआईएम [TGIM] भन्न सक्छौं—परमेश्वरलाई धन्यवाद यो सोमबार हो!