कसरी प्रभुसित अर्थपूर्ण शान्त समय बिताउने

Posted byNepali Editor April 29, 2025 Comments:0

(English Version: “How To Have A Meaningful Quiet Time With The Lord”)

एक साँझ, धेरै अघि संयुक्त राज्य अमेरिका भ्रमण गरेका एक जना वक्ताले टेलिफोन गर्न चाहन्थे। उनी एउटा फोन बुथभित्र पसे तर आफ्नै देशको बुथभन्दा फरक पाए। अँध्यारो हुन थालेको थियो, त्यसैले उनलाई निर्देशिकामा नम्बर फेला पार्न गाह्रो भयो। उनले छतमा बत्ती देखे, तर यसलाई कसरी चालू गर्ने भनेर उनलाई थाहा थिएन। गोधूलिको अँध्यारोमा फेरि नम्बर पत्ता लगाउने कोसिस गर्दै गर्दा एक जना पैदल यात्रीले तिनको दुर्दशा देखेर भने, “सर, यदि तपाईं बत्ती बाल्न चाहनुहुन्छ भने तपाईंले ढोका बन्द गर्नुपर्छ।” ढोका बन्द गर्दा बुथ प्रकाशले भरिएको थियो अनि आगन्तुकलाई आश्चर्य लाग्यो र सन्तुष्टि भयो। उनले तुरुन्तै नम्बर पत्ता लगाए र कल पूरा गरे।

त्यसैगरि, परमेश्वरले हाम्रो हृदयमा उहाँको ज्योति चम्काउन हामीले आफ्नो व्यस्त जीवनलाई रोकेर शान्त ठाउँभित्र पस्नुपर्छ। तैपनि थुप्रै मसीहीहरूले यस महत्त्वपूर्ण मसीही अनुशासनलाई बेवास्ता गर्छन्। आशा छ, यस लेखले मसीहीहरूलाई यस विषयसित सम्बन्धित चारवटा प्रश्नहरू सोधेर र जवाफ दिएर निरन्तर यस अनुशासनको अभ्यास गर्न प्रोत्साहन दिनेछ।

तथापि, यी प्रश्नहरू हेर्नुअघि आउनुहोस्, हामी एउटा महत्त्वपूर्ण सत्यलाई सम्झौं। शान्त समय प्रभुबाट अनुग्रह प्राप्त गर्ने माध्यम होइन तर हाम्रो असल प्रभुमा हाम्रो प्रेम र निर्भरता देखाउने प्रमाण हो। हामी अनुग्रहको लागि होइन तर अनुग्रहबाट काम गरिरहेका छौं। यसलाई अर्को तरिकामा राख्नुहोस्, परमेश्वरको सामु हाम्रो सही हुनु केवल पापबाट पश्चाताप र हाम्रा पापहरूको लागि ख्रीष्टले बगाइएको रगतमा विश्वासद्वारा मात्र आउँछ। हामी अनुग्रहले विश्वासद्वारा मात्र र ख्रीष्टद्वारा मात्र बचाइएका छौं। शान्त समय एक आध्यात्मिक अनुशासन हो जुन मुक्तिको अनुसरण गर्दछ, मुक्तिको कारण होइन। यो कुनै माध्यम होइन जसद्वारा हामी परमप्रभुको अनुग्रह प्राप्त गर्छौं।

यसो भन्दै, हामी अगाडि बढौं।

1. शान्त समय भनेको के हो?

बाइबल पढ्न [परमेश्वर हामीसँग कुरा गर्नुहुन्छ] र प्रार्थनामा [हामी परमेश्वरसित कुरा गर्दा] एक व्यक्तिले परमेश्वरसित एक्लै बिताउने यो दैनिक समय हो।

2. शान्त समय कसले बिताउनुपर्छ?

प्रत्येक मसीहीले प्रभुसित शान्त समय बिताउनुपर्छ। हामी 1 कोरिन्थी 1:9 मा पढ्छौं, “परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ।” “संगति” शब्दको अर्थ साझा गर्नु वा समान कुराहरू हुनु हो। यसले घनिष्ठ सम्बन्धको कुरा गर्छ। उत्पत्ति १-२ मा देखाइएझैं परमेश्वरले मानिसजातिलाई उहाँसित सङ्गति गर्न सृष्टि गर्नुभयो। आदमको पापले परमेश्वरसितको हाम्रो सम्बन्ध लाई तोडेको भएतापनि परमेश्वरले ख्रीष्टमार्फत त्यो टुटेको सम्बन्धलाई पुनर्स्थापित गर्नुहुन्छ। अनि यो सम्बन्ध निरन्तर संगतिद्वारा पोषित हुन्छ र शान्त समय एउटा माध्यम हो जसद्वारा सङ्गतिलाई बढावा दिन र नवीकरण गर्न सकिन्छ।

3. किन शान्त समय बिताउनुपर्छ?

यसको कारण धेरै छन्। यहाँ केही छन्।

. ख्रीष्टको बारेमा अझ बढी जान्नु। आफ्नो जीवनको पछिल्लो चरणहरूमा पनि पावलको लालसा “म ख्रीष्टलाई चिन्न चाहन्छु” थियो [फिलिप्पी 3:10]। परमेश्वरको वचन अध्ययन गर्न एकान्तमा धेरै समय बिताउँदा ख्रीष्टबारे ज्ञान बढ्छ जसले उहाँबारे हामीले जान्नै पर्ने सबै कुरा प्रकट गर्छ।

ब. दिशा खोज्नु। दाऊद चिच्याए,4हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌। 5तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।” [भजन 25:4-5]। हामी भेडाहरू हौं जसलाई असल गोठालाबाट निरन्तर निर्देशन चाहिन्छ। हामी उहाँसँग एकान्तमा समय बिताउँदा उहाँले हामीलाई आफ्नो वचनद्वारा डोऱ्याउनुहुन्छ।

ग. विश्वासमा बलियो हुनु। मसीही जीवन गुलाबको ओछ्यान होइन। चुनौतीहरू प्रशस्तै छन् । हामीलाई “येशू प्राय: एक्लो ठाउँमा जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो” भनेर सम्झाइन्छ [लूका 5:16]। हाम्रा प्रभु र मालिकले बुबासित एकान्तमा समय छुट्याउनुभयो भने के हामी यस अनुशासनलाई बेवास्ता गर्न सक्छौं? मसीहीका तीन शत्रुहरू— शरीर, संसार र शैतानले हाम्रो विश्वासलाई धराशायी पार्ने धम्की दिइरहेका छन्। परमेश्वरसित एकान्तमा भएर, आफ्नो विशवासमा बलियो भएर मात्र हामी यी शक्तिशाली र अथक शत्रुहरूसित लड्न सक्छौं!

थप कारणहरू समावेश गर्न सकिन्छ।  तर यी तीनले हामीलाई यस पृथ्वीमा हाम्रो दैनिक यात्रा बढाउनको लागि प्रभुसँग एकान्तमा समय बिताउनु आवश्यक छ भनेर मनाउन पर्याप्त हुनुपर्छ।

4. कसरी अर्थपूर्ण एकान्तमा समय बिताउन सकिन्छ?

आज्ञाकारिताबिनाको ज्ञान बेकार हुने भएकोले आउनुहोस्, यस विशेष आध्यात्मिक अनुशासनलाई “कसरी गर्ने” भनेर हेरौं। हामीले विचार गर्नुपर्ने तीनवटा कुरा हरू छन्।

अ. एउटा नियमित समय। कम्तीमा, विश्वासीहरूले प्रत्येक बिहान र हरेक रात प्रभुसित समय बिताउन नियमित समय तोक्नुपर्छ। हामी प्रभुलाई नहेरी दिनको सुरुवात गर्न सक्दैनौं। हडसन टेलरले बिहानको उपासनाको महत्वको बारेमा बोल्दै यसो भने, “कार्यक्रम समाप्त भएपछि तपाईं आफ्ना वाद्ययन्त्रहरू धुन गर्नुहुन्न, तर पहिले गर्नुहुन्छ!”

प्रातःकालको उपासना गर्नु समयमा उठ्नको लागि उचित समयमा सुत्नु पर्दछ। प्रभुसँग समय बिताउन बिहान उठ्न मदत गर्न हामीले अघिल्लो रात नै सोध्नुपर्छ र प्रार्थना गर्नुपर्छ। अनि बिहान अलार्म बज्ने बित्तिकै उठ्ने बारे सोच्नुको साटो हामी तुरुन्तै उठ्नुपर्छ। यो बुझ्न महत्त्वपूर्ण छ कि उठ्नको लागि हुने निर्णय प्रायः प्रारम्भिक पाँच सेकेन्ड भित्र निर्धारण गरिन्छ। हामीले प्रभुलाई पहिलो प्राथमिकता दिने प्रयास गर्नुपर्छ।

यसबाहेक, हामीले प्रभुसँग दिनको अन्त गर्नु आवश्यक छ। उहाँले हामीलाई दिनभरि सहायता गर्नुभएको छ। उहाँ धन्यवाद को योग्य हुनुहुन्छ! त्यसैले हामीले रातको समयमा आधा सुतेर उपासना गर्नु हुँदैन। परमप्रभु हाम्रो पूर्ण ध्यान को योग्य हुनुहुन्छ!

जबकि प्रत्येक व्यक्तिले व्यक्तिगत रूपमा समय निर्धारण गर्न आवश्यक छ, तापनि हामी प्रत्येक बिहान कम्तिमा 20 मिनेट र प्रत्येक रात 20 मिनेट दिने प्रयास गर्न सक्छौं र त्यसपछि समय बित्दै जाँदा बढ्दै जान्छौं। यसबाहेक, समय बित्दै जाँदा हामीले दिनको दौडान पनि कम्तीमा केही मिनेट प्रभुसित बात गर्ने कोसिस गर्नुपर्छ। यसबाहेक, सप्ताहांतमा, प्रभुसँग बिताउनका लागि थप समय छुट्याउने प्रयास गर्न सकिन्छ।

ब. एउटा नियमित स्थान। यदि सम्भव छ भने, यो एक निजी र आरामदायक स्थान हुनु राम्रो हुंछ जहाँ एक व्यक्ति बिना कुनै विचलित बिना प्रभुसँग बात गर्न सक्दछ [जस्तै, टिभी, इन्टरनेट, सेल फोन, आदि]। परमेश्वरसितको हाम्रो कुराकानीमा गोपनीयताले ठूलो मदत गर्न सक्छ। कसै-कसैको लागि, यो घरमा वा उनीहरूको कारमा पनि ठाउँ हुन सक्छ। स्थान जेसुकै होस्, हामीले यसलाई हाम्रो “निजी कोठरी” भन्ने ठाउँ खोज्नुपर्छ। 

ग. एउटा नियमित ढाँचा। बाइबल अनियमित विचारहरूको पुस्तक होइन। परमेश्वरले आफ्नो प्रकाश प्रगतिशील र व्यवस्थित तरिकामा दिनुभएको छ। तसर्थ, सम्पूर्ण बाइबल अध्ययन गर्न मदत गर्ने बाइबल अध्ययन योजना विकास गर्नुपर्छ र त्यसलाई पछ्याउनुपर्छ। बाइबल अध्ययन गर्नुका साथै प्रार्थनामा पनि समय बिताउनुपर्छ। प्रार्थनामा परमेश्वरको प्रशंसा गर्नु, स्वीकार गर्नु, धन्यवाद दिनु र बिन्ती गर्नु समावेश हुनुपर्छ। 

अब हामीले 4 वटा प्रश्नहरूलाई छोटकरीमा हेरेका छौं, यहाँ केही अन्तिम विचारहरू छन्।

कुनै पनि गतिविधिलाई बानी बसाल्न करिब 4 हप्ता लाग्छ। यदि हामीले नियमित रूपमा एकान्तको समय छुट्याउन सकेनौं भने, किन तुरुन्तै सुरु गर्दैनौं—आज राति वा भोलि बिहान? यदि हामीले यो अनुशासनलाई “महसुस” नगरेसम्म पर्ख्यौं भने शरीर [र शैतानले] यो भावना कहिल्यै नआउने सुनिश्चित गर्नेछ। 

हो, एउटा मसीहीले कहिलेकाहीं एकान्तको समयमा सुक्खापन अनुभव गर्छन्। तथापि, यी हार मान्नुपर्ने कारणहरू होइनन् । यो त्यो समयमा हो कि हामी प्रभुको अझ नजिक रहन आवश्यक छ! थुप्रै [पास्टरहरूसहित] पापमा फस्नुअघि तिनीहरूको एकान्तको समय [पूर्णतया नरोकिए तापनि] कम भएको प्रमाणित गरेका छन्।

हामीले आफ्नो जीवन जाँच्नुपर्छ र एउटा गम्भीर प्रश्न सोध्नुपर्छ: यदि हामी पापसित संघर्ष गरिरहेका छौं वा हाम्रो मसीही जीवनमा धेरै आध्यात्मिक वृद्धि वा आनन्दको अनुभव गरिरहेका छैनौं भने, के यो प्रभुसँग निरन्तर एकान्तमा समयको अभावको कारण हुन सक्छ? यदि त्यसो हो भने, हामी यस पापको लागि पश्चात्ताप गरौं र तुरुन्तै सबै कुरा सुधार्न सकौं।

मसीही जीवनलाई अँगाल्ने प्रारम्भिक अफ्रिकीहरू व्यक्तिगत उपासनामा लगनशील र नियमित थिए। प्रत्येक व्यक्तिको आ-आफ्नै ठाउँ थियो जहाँ तिनीहरूले आफ्नो हृदय परमेश्वरसामु खन्याउन सक्थे। समय बित्दै जाँदा यी ठाउँहरूको बाटो बिग्रन थाल्यो। फलस्वरूप, यी विश्वासीहरूमध्ये कुनै एकान्तको प्रार्थनालाई बेवास्ता गर्न थाल्यो भने, यो चाँडै अरूलाई स्पष्ट हुनथो। तिनीहरूले लापरबाही गर्नेलाई दयालु भई सम्झाउँथे, “भाइ, तपाईंको बाटोमा घाँस उम्रन्छ।”

आउनुहोस्, हाम्रो जीवनलाई जाँचौं: के हाम्रो बाटोमा घाँस उम्रेको छ? यदि त्यसो हो भने, धेरै ढिलो भएको छैन। पश्चात्ताप गरौं र पवित्र आत्माको शक्तिद्वारा हामीलाई फेरि फर्किन मद्दत गर्न प्रभुलाई प्रार्थना गरौं। उहाँले हाम्रो निष्कपट चित्कारलाई सुन्नुहुनेछ। उहाँले हामीलाई बाटोमा फर्कन र उहाँसितको संगतिको आनन्द उठाउन मदत गर्नुहुनेछ।

अनि अन्तमा, हामी सम्झौं, एकान्तको समय मुक्ति पाएको हृदयको सुअवसर र आनन्द हो—यस्तो हृदय जुन प्रभु येशू ख्रीष्टको संगतिमा प्रवेश गरिसकेको छ। आउनुहोस्, हाम्रो बाँकी पार्थिव जीवनको सबै दिन यो संगतिको अनुभव गरौं!

Category