हाम्रो मण्डली र हाम्रो व्यक्तिगत जीवनमा प्रार्थनालाई उच्च प्राथमिकता दिनु

(English Version: “Giving Prayer A Higher Priority In Our Churches And In Our Personal Lives”)
यो भनिएको छ कि चर्चको लोकप्रियता आइतवार बिहान उपस्थित व्यक्तिहरू द्वारा निर्धारण गर्न सकिन्छ, जबकि पास्टर वा प्रचारकको लोकप्रियता आइतवार राती उपस्थित हुनेहरूले निर्धारण गर्न सक्छन्। तर येशुको लोकप्रियताको मापन प्रार्थना सभाहरूमा उपस्थित हुनेहरूले निर्धारण गर्न सक्छन्। त्यसैले, प्रत्येक विश्वासीको लागि प्रश्न यो हो: “म जाने मण्डलीमा येशू कत्तिको लोकप्रिय हुनुहुन्छ?” अनि येशू हाम्रो मण्डलीहरूमा लोकप्रिय हुनको लागि, उहाँ सबैभन्दा पहिले हाम्रो आफ्नै जीवनमा लोकप्रिय हुनुपर्दछ। अर्को शब्दमा भन्ने हो भने, हाम्रो निजी प्रार्थना जीवनले मण्डलीको प्रार्थना जीवनमा महत्त्वपूर्ण प्रभाव पार्छ।
सायद प्रार्थनाका यी सन्दर्भहरू—प्रेरितको पुस्तकबाट लिइएको सबैले हाम्रा मण्डलीहरू र हामीलाई आगामी दिनमा प्रार्थनालाई उच्च प्राथमिकता दिएर येशूलाई लोकप्रिय बनाउन प्रोत्साहन दिनेछ।
प्रेरित 1:14 “कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।”
प्रेरित 1:24-25 “24 तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस्, 25 र त्यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।”
प्रेरित 2:42 “तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।”
प्रेरित 3:1 “पत्रुस र यूहन्ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदैथिए।”
प्रेरित 4:24, 29, 31 “24 जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ प्रार्थनामा परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो…29 अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्…31 तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले।”
प्रेरित 6:3-4 “3 यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। 4 तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।”
प्रेरित 6:6 “तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे।”
प्रेरित 7:60 “तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे।”
प्रेरित 8:15-16 “15 उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाऊन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे। 16 किनकि त्यतिञ्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो।”
प्रेरित 8:22-24 “22 यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला। 23 किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।” 24 तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।”
प्रेरित 9:11 “तब प्रभुले तिनलाई भन्नुभयो, “उठ, र ‘सीधा’ नामक गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्।”
प्रेरित 9:40 “तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्।”
प्रेरित 10:2 “तिनी ईश्वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे।”
प्रेरित 10:9 “भोलिपल्ट तिनीहरू आफ्नो यात्रामा त्यस सहरको नजिक आइपुग्दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्ले।”
प्रेरित 12:5 “यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।”
प्रेरित 13:2-3 “2 तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” 3 तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए।”
प्रेरित 14:23 “जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए।”
प्रेरित 16:13 “अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचीत गर्न लाग्यौं।”
प्रेरित 16:16 “जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी।”
प्रेरित 16:25 “तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।”
प्रेरित 20:36 “यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे।”
प्रेरित 21:5 “त्यहाँबाट हाम्रो हिँड्ने बेला भएपछि हामी बिदा भएर आफ्नो यात्रामा निक्लियौं। आफ्ना जहान र बालबच्चाहरूसमेत तिनीहरू जम्मै हामीलाई सहर बाहिरसम्म पुर्याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्यौं, र एक-अर्कासँग बिदा भयौं।”
प्रेरित 27:29, 35 “29अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौं कि भन्ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस् भनी प्रार्थना गर्न लागे।…35 यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्ने परमेश्वरलाई धन्यवाद चढ़ाएर सो भाँचेर खान लागे।”
प्रेरित 28:8 “पब्लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे।”
व्यक्तिगत र समूहिक प्रार्थनाका 25 भन्दा बढी सन्दर्भहरू! हामी देख्न सक्छौं, प्रारम्भिक मसीहीहरूको लागि प्रार्थनाको निकै महत्त्व थियो। मण्डली र यसका सदस्यहरू यति शक्तिशाली हुनु कुनै आश्चर्यको कुरा होइन किनभने तिनीहरूले प्रार्थनालाई उच्च प्राथमिकता दिए!
त्यसोभए, हामी कसरी प्रार्थनालाई हाम्रो आफ्नै जीवनमा र हाम्रो स्थानीय मंडलीमा निरन्तर प्राथमिकता बनाउन सक्छौं? पावल मिलरले आफ्नो उत्कृष्ट पुस्तक “एउटा प्रार्थनाको जीवन [अ प्रेयरिङ लाइफ]”-मा यस्तो जवाफ पाउन सक्छन्, जहाँ उनी लेख्छन्, “निरन्तर प्रार्थना गर्न तपाईंलाई आत्म-अनुशासनको आवश्यकता पर्दैन; तपाईं केवल आत्मामा गरीब हुन आवश्यक छ।” अर्को शब्दमा भन्ने हो भने, प्रार्थना गर्न उत्प्रेरित हुन हामीले अझ बढी अनुशासित हुनुमा ध्यान केन्द्रित गर्नु आवश्यक छैन [यद्यपि यसको मूल्य छ]। बरु, हामी वास्तवमा कत्ति खाँचोमा परेका छौं भन्ने कुरामा ध्यान दिनुपर्छ!
हामी जति धेरै आत्मामा गरीब हुन्छौं—अर्थात्, हामी कसरी आध्यात्मिक तवरमा दिवालिया भएका छौं र हरेक कुराको लागि प्रभुको खाँचो छ भनेर बुझ्छौं—त्यति नै हामी घुँडा टेकेर प्रार्थनामा उहाँतिर हेर्नेछौं—व्यक्तिगत रूपमा र मण्डलीको रूपमा। यो मानसिकताले हामीलाई गहिरो सत्य बुझ्न सक्षम बनाउँछ कि परमेश्वरको हस्तक्षेप बिना, स्थायी आध्यात्मिक महत्त्वको केहि पनि काम हुन सक्दैन। हामीले जतिसुकै कडा प्रयास गरे पनि, यदि हामीले ईमानदारीपूर्वक उहाँलाई खोजछों भने परमेश्वरले जति गर्न सक्नुहुन्छ, हाम्रा सबै मानवीय प्रयासहरूले कहिल्यै गर्न सक्दैनौं।
यी शब्दहरू कत्ति सत्य छन्, “यदि प्रार्थना गर्नुहुने मालिक, येशूजस्तै हुन्छ भने, तिनीहरूका सेवकहरू प्रार्थनाविना हुन सक्दैनन्! “निरन्तर प्रार्थना गर्न तपाईंलाई आत्म-अनुशासनको आवश्यकता पर्दैन; तपाईं केवल आत्मामा गरीब हुन आवश्यक छ।” धर्मपुत्र हुने आत्माले इच्छा गर्दछ र सधैं एक व्यक्तिलाई परमेश्वरलाई पुकार्न लगाउनुपर्छ। परमेश्वरले आफ्नो पवित्र आत्माद्वारा भविष्यमा प्रार्थनालाई उच्च प्राथमिकता दिन सक्षम बनाएर येशूलाई हाम्रो मण्डली र हाम्रो व्यक्तिगत जीवनमा लोकप्रिय बनाउन हामीलाई मदत गर्नुहोस्।